दफा
साझेदारी भन्नाले
(१) कुनै व्यक्तिहरुले एउटै नाम राखी मुनाफा बण्डा लगाउने गरी सबै साझेदारले प्रत्येक साझेदारका लागि वा कुनै साझेदारले सबै साझेदारका लागि सबै कारोवारमा भाग लिन आपसमा कबुलियत गरी यस ऐन बमोजिम नेपाल सरकारको लगतमा दर्ता गराएको कुनै कारोवारलाई सम्झनु पर्छ । (२) कुबलियत गर्ने व्यक्तिहरुलाई एक अर्काको सम्बन्धमा साझेदार र सबै साझेदारलाई सामुहिक रुपले फर्म र जुन एक नामबाट कारोवार चल्दछ त्यसलाई फर्मको नाम भन्नु पर्छ । (३) साझेदार बाहेक साझेदारी फर्म व्यक्ति हुदैन ।